नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्न लागेकामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले बधाई दिएका छन्।
प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेसमेत ६ दलका १६६ जना सांसदले समर्थन गरेका छन्। सोबमोजिम राष्ट्रपति कार्यालय पुगेर प्रचण्डले दाबी पेस गरिसकेका छन्।
यसमा खुसी हुँदै डा. भट्टराईले प्रचण्डलाई बधाई दिएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नयाँ राजनीतिक समीकरणको तर्फबाट संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष सिफारिस हुनुभएका क. प्रचण्डलाई हार्दिक बधाई! अतिले खति गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्।’
147
Shares
प्रतिक्रिया