राजनीति


प्रचण्डलाई प्रधानमन्त्री बनाउन केपी ओलीदेखि अमरेश सिंहसम्म शीतल निवासमा

प्रचण्डलाई प्रधानमन्त्री बनाउन केपी ओलीदेखि अमरेश सिंहसम्म शीतल निवासमा

नेपालखबर
पुस १०, २०७९ आइतबार १७:५७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त गर्न बहुमत सांसदको समर्थन लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि स्वतन्त्रबाट सांसद बनेका अमरेशकुमार सिंह समेत राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्।

प्रचण्डले प्रधानमन्त्री पदमा नियुक्ति गरियोस् भन्दै १६६ सांसदको समर्थन राष्ट्रपति विद्यादेवी भण्डारीलाई पेश गरिसकेका छन्।

प्रचण्डलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने शीतल निवासले तयारी गरेको छ। 

प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका सबै दलका प्रमुख शीतल निवास छन्।

एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल शितल निवासमा छन्।

यस्तै रास्वपाका अध्यक्ष रवि लामिछाने र प्रवक्ता डा. मुकुल ढकाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि शितल निवासमा छन्। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि शीतल निवास पुगेका छन्। त्यस्तै नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ पनि पुगेकी छन्। 

त्यसैगरी स्वतन्त्र सांसद डा. अमरेश सिंह, प्रभु साह, किरण साह पनि शीतल निवास पुगेका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .