राजनीति


गठबन्धन फुटेपछि समाजवादीमा अलमल, पर्खेर हेर्ने सचिवालयको निर्णय

गठबन्धन फुटेपछि समाजवादीमा अलमल, पर्खेर हेर्ने सचिवालयको निर्णय

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार १८:५, काठमाडौँ

सत्ता गठबन्धन फुटेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अलमलमा परेको छ।

सत्ता गठबन्धन छाडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बन्दैछन्। 

यस्तो अवस्थामा गठबन्धनको एक घटक समाजवादीमा अलमल देखिएको हो। गठबन्धन फुटेपछि आइतवार बसेको केन्द्रीय सचिवालयको ४४ औँ बैठकले तत्काललाई कुनै निर्णय नलिने जनाएको हो।

पार्टी महासचिव बेदुराम भुसालका अनुसार अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकले अकाष्मतविकसित घटनालाई लिएर उचित निर्णय लिने भएको हो।

'बैठकमा अकस्मात्विकसित राजनीतिक घटनाक्रमबारे गम्भीरतापूर्वक छलफल भयो', महासचिव भुसालले भनेका छन्, 'परिस्थितिको सूक्ष्म अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरियो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad