काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वर्तमान राजनीतिप्रति आक्रोश व्यक्त गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार गठनको विषयमा भएको छलफलपछि बालेन्द्रले प्रश्न गरेका छन्ः देश के हो? व्यापार हो? खेल हो?
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दिएको समयसीमा आज साँझ पाँच बजेपछि सकिँदैछ। यो बिचमा सरकार गठनका लागि राजनीतिक दलहरुको दौडधुप चलिरहेको छ।
यसै सन्दर्भमा बालेन्द्रले हिजो आफूले लेखेको कविता सही सावित भएको दाबी गरेका छन्।
उनले लेखेका थिए :
नयाँ सांसदहरू,
उही पुरानो देश,
उही पुराना व्यापारीहरू!
423
Shares

प्रतिक्रिया