राजनीति


बालुवाटारबाट निस्किएका प्रचण्ड बालकोटतिर लागे

बालुवाटारबाट निस्किएका प्रचण्ड बालकोटतिर लागे

फाइल तस्बिर


नेपालखबर
पुस १०, २०७९ आइतबार १३:१५, काठमाडौँ

नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेससँग कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोटतिर लागेका छन्। 

आइतवार बिहान बालुवारमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको वार्तामा सहमति नजुटेपछि प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोटतिर लागेका हुन्।

देउवाले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न नमानेपछि दुई दलको वार्ता निष्कर्षविहीन भएको थियो। त्यसपछि प्रचण्ड दोस्रो तहका नेताहरुलाई बालुवाटारमै छाडेर बालकोटका लागि निस्किएका हुन्। 

बालकोट स्रोतका अनुसार प्रचण्डले आफू आउँदै गरेको खबर सचिवालयमा पठाइसकेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली पनि अन्य कार्यक्रम स्थगित गरेर प्रचण्डसँग संवादका लागि बालकोटमै बसिरहेका छन्। 

ओलीले यसअघि शीतल निवास र संसद भवनमा भएको सार्वजनिक भेटकै क्रममा प्रचण्डलाई पहिलो कार्यकाल नै प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेका छन्।

तर प्रचण्डले ओलीको अझै विश्वास गर्ने आधार नभएकाले पहिलो जोडबल गठबन्धनमै गर्ने बताएका थिए। यस्तोमा शनिबार र आइतवार लगातार भएका छलफलमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad