ad ad

खेल


एसियन सेन्ट्रल जोन यू–१३ फाइनलका लागि बंगलादेशसँग भिड्दै नेपाल

एसियन सेन्ट्रल जोन यू–१३ फाइनलका लागि बंगलादेशसँग भिड्दै नेपाल

नेपालखबर
पुस १०, २०७९ आइतबार १३:२७, काठमाडौँ

एसियन सेन्ट्रल जोन यू–२३ अन्तर्राष्ट्रिय ्भलिबल च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाली यू–२३ भलिबल टोलीले आइतबार आयोजक बंगलादेशसँग खेल्दैछ।

खेल बंगलादेशको ढाकास्थित शहीद सुरवादी इन्डोर स्टेडियममा साँझ सवा ५ बजे खेल हुनेछ।

लिग चरणका सबै खेल हारेको नेपालले आजको खेलमा बंगलादेशलाई पराजित गरे फाइनलमा पुग्नेछ। च्याम्पियनसिपमा आयोजक बंगलादेश अपराजित हुँदै सेमिफाइनलमा पुग्ने एक्लो टोली हो।   

लिग चरणको पहिलो खेलमा नेपाल बगंलादेशसँग सोझो सेटमा पराजित भएको थियो। दोस्रो खेलमा श्रीलंकालाई सोझो सेटकै नतिजा सुम्पेको नेपाल किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। 

लगातार तिन खेल हारेपनि ४ टोली सहभागी भएका कारण सेमिफाइनल खेल्न लागेको नेपाललाई फाइनल पुग्नका लागि आज सुन्दर मौका छ। 

टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले भने, पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको टोलीले तीन खेलमा आशा लाग्दो प्रदर्शन गरेकाले आजको खेलमा सुखद नतिजा निकाल्नेमा विश्वस्त छु। 

उनले थपे, ‘अन्तर्राष्ट्रिय अनुभव बिना नै हामी प्रतियोगिता खेल्न आएका थियौं। त्यसका बाबजुत पनि हाम्रो प्रदर्शन निकै राम्रो रह्यो। अब तीन खेलमा बटुलेको अनुभवलाई आजको खेलमा सदुपयोग गर्नेछौं। 

आजको दोस्रो सेमिफाइनल खेल नेपालका लागि इतिहास रच्ने समय आएकाले जित निकाल्नेमा प्रशिक्षक भट्ट विश्वस्त छन्। बंगलादेशसँगको पहिलो खेल निकै प्रतिस्पर्धात्मक थियो आज जित निकाल्दा हामी इतिहास रच्छौ भट्टले भने। 

टोलीका कप्तान धिरोज बस्नेतले पहिलो खेलमा अन्तर्राष्ट्रिय अनुभनव नभएपनि उत्कृष्ट प्रदर्शन गरेकाले आजको खेलमा जितका लागि नै खेल्ने बताए। 

उनले भने, ‘पहिलो खेलमा हाम्रो पहिलो अन्तर्राष्ट्रिय अनुभव थियो। तैपनि आयोजकविरुद्ध राम्रो प्रदर्शन थियो। आज नयाँ रणनीतिका साथ मैदान उत्रने छौं हामी जितका लागि खेल्नेछौं। 

आज नै हुने पहिलो सेमिफाइनलमा कीर्गिस्थान र श्रीलंका भिड्नेछन्। सेमिफाइलनमा पराजित हुने टोलीले सोमबार तेस्रो स्थानका लागि खेल्नेछन्। उपाधि भिडन्त भोलि नै हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .