ad ad

राजनीति


प्रचण्ड र देउवाको छलफल चलिरहँदा माधव नेपाल पनि थपिए

प्रचण्ड र देउवाको छलफल चलिरहँदा माधव नेपाल पनि थपिए

फाइल।


नेपालखबर
पुस १०, २०७९ आइतबार ११:५१, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहँदा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि बालुवाटार पुगेका थिए। 

सत्ता गठबन्धनको बैठकअघि देउवा र प्रचण्डबीच वान टु वान वार्ता भएको थियो। प्रचण्ड र देउवाको छलफल चलिरहँदा नेपाल पनि छलफलमा मिसिएका थिए।

अहिले सत्ता गठबन्धनको बैठक जारी छ। देउवा, प्रचण्ड र नेपालबीचको छलफलपछि गठबन्धनका नेताहरु सहमति जुटाउन छलफलमा जुटेका हुन्।

नयाँ सरकार गठनका लागि सत्ता गठबन्धनभित्र छलफल जारी छ। पहिलो प्रधानमन्त्री को भन्ने विषयमा सहमति जुट्न नसकेपछि शनिबार साँझको सत्ता गठबन्धन बैठक बिनानिष्कर्ष सकिएको थियो।

लगत्तै, आइतबार बिहानैबाट दलहरु आन्तरिक तयारीमा जुटेका छन्। 

प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आफ्ना विश्वासपात्रहरुलाई बोलाएर विकल्पबारे छलफल गरेका थिए भने नेकपा माओवादी केन्द्रका पदाधिकारीहरु पनि छलफलमा जुटेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .