काठमाडौँ महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले नवनिर्वाचित सांसदहरूलाई ‘नयाँ गफाडी’को उपमा दिएका छन्।
स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँ महानगरको मेयर पदमा विजयी बालेन्द्रले सामाजिक सञ्जालमार्फत नवनिर्वाचित सांसदहरूविरुद्ध टिप्पणी गरेका हुन्।
उनले लेखेका छन्,
नयाँ सांसदहरु,
नयाँ गफाडीहरु
उही पुराना व्यापारीहरू
गत मंसिर ४ गतेको चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले बिहीबार मात्रै शपथ खाए। यस चुनावबाट कतिपय व्यापारी पनि सांसद बनेका छन्।
यस्तै यसपालिको निर्वाचनबाट नयाँ राजनीतिक दलको उदय भएको छ भने ५ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी यही चुनावबाट उदाएका हुन्।
नयाँ सांसदविरुद्ध कवितात्मक शैलीमा टिप्पणी गरेको बालेन्द्रले किन त्यसो भने भन्ने कुराचाहिँ खुलाएका छैनन्।
Shares
प्रतिक्रिया