ad ad

राजनीति


किसानलाई ऋणमुक्त गर्न सरकारसँग कांग्रेस नेता गुरुङको माग

किसानलाई ऋणमुक्त गर्न सरकारसँग कांग्रेस नेता गुरुङको माग

फाइल तस्बिर : कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ


नेपालखबर
पुस ९, २०७९ शनिबार १०:९, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले किसानलाई ऋणबाट मुक्त गरी सहज किसिमले खेती गर्ने वातावरण बनाउनेतर्फ सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। 

शनिबार बिहान सामाजिक सञ्जालमार्फत नेता गुरुङले देशका ९० प्रतिशतभन्दा बढी किसान ऋणमा डुबेको दाबी गर्दै उनीहरूलार्य ऋणमुक्त गरिनुपर्ने माग गरेका हुन्।  ‘उनीहरूको अवस्था ऋण र ब्याज तिर्न नसकेर दिनप्रतिदिन जर्जर र दयनीय हुँदै छ’, गुरुङले भनेका छन्, ‘उनीहरूलाई कसरी ऋण मुक्त गर्ने र सहज किसिमले खेती गर्ने वातावरण कसरी तयार गर्ने भन्ने विषयमा नेपाल सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।’

खाद्यान्न उत्पादन गरी संसारका मानिसका लागि भोजन उपलब्ध गराउने किसानलाई बेवास्ता गरिए भोकमरीको दिन आउने चेतावनी उनले दिएका छन्। यसर्थ उनीहरूलाई सम्मान, सुरक्षा, सुविधा र सहयोग प्रदान गर्न उनको आग्रह छ।

‘संसारभरिका मानिसरू (चाहे राष्ट्रपति हुन् वा प्रधानमन्त्री हुन् वा खरबपति हुन् वा अरबपति हुन् वा वैज्ञानिक हुन् वा सामान्य गरिब मानिस हुन्) ले जुन भोजन गर्छन्, त्यो किसानहरूको मेहनत र पसिनाको उपज हो’, गुरुङले अगाडि भनेका छन्, ‘मानिसले पैसा कमाउन सक्छ तर पैसा खाएर बाँच्न सक्दैन।’ बाँच्नका लागि मानिसले अन्न नै खानुपर्ने उल्लेख गर्दै उनले किसानले खेती गर्न छाडेको दिन संसारभरि भोकमरी लाग्ने उनको भनाइ छ।  

‘किसान जसले संसारभरिका मानिसहरूलाई जीवित राख्न हरेक दिन मेहनत गर्छन्, ऋण र कमजोर आम्दानीका कारण उनीहरू आफैँ भोको हुन विवश हुन्छन्’, उनको प्रश्न छ, ‘हामी कस्तो संसार निर्माण गर्दै छौं?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .