बार्सिलोनाका स्टाइकर रोबर्ट लेवान्डोस्कीमाथि लागेको तीन खेलको प्रतिबन्ध कायम रहने भएको छ।
स्पेनिस ला लिगाअन्तर्गत ओसासुनाविरुद्धको खेलमा गोल गरेपछि मनाएको विवादास्पद विजय उत्सवको कारण लेवान्डोस्कीमाथि तीन खेलमा प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो।
बार्सिलोनाले उक्त निर्णयमा पुनरवलोकनको लागि भन्दै एड्मिनिस्ट्रेटिभ कोर्ट अफ स्पोर्ट (टीएडी)मा अपिल गरेको थियो। तर, डीएडीले उक्त अपिल खारेज गर्दै लेवान्डोस्कीलाई प्रतिबन्ध लगाउने निर्णयलाई साथ दिएको हो।
यससँगै लेवान्डोस्कीले एस्पानिओर, एथ्लेटिको मड्रिड र गेटाफेविरुद्धको खेल गुमाउने भएका छन्।
विश्वकपअघिको अन्तिम खेलमा लेवान्डोस्कीले गरेको विजयउत्सवको सेलिब्रेसन उनको लागि निकै महँगो साबित भएको हो।
यो सिजनमा लेवान्डोस्कीले १३ गोल गरेका छन्। यस्तो अवस्थामा तीन खेलमा उनको विकल्प खोज्नु टोलीका प्रशिक्षक जाभी हर्नान्डेजका लागि मुख्य चुनौती हुनेछ।
Shares
प्रतिक्रिया