पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनिर्वाचित नयाँ सांसदलाई आफूलाई माननीय नभन्न सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत भट्टराईले नवनिर्वाचित सांसदहरूलाई बधाई दिँदै चार वटा सुझाव दिएका छन्।
‘नयाँलाई केही सुझाव’ दिँदै उनले लेखेका छन्, ‘१) संसद जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो हो भन्ने बुझ्ने, २) सांसदको प्रमुख काम विधायिकी हो भन्ने बुझेर विधेयकमाथि दफावार छलफल हुने संसदीय समितिमा सधैँ उपस्थित हुने, ३) एनजीओलाई भन्दा पुस्तकालय रोज्ने ४) आफूलाई माननीय नभन्ने!’
संविधानसभा र प्रतिनिधि सभामा गरी लगातार तीन पटकसम्म निर्वाचित भट्टराई यसपटक भने निर्वाचनमा प्रतिस्पर्धा गरेनन्। उनले आफ्नो क्षेत्र गोरखा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सुम्पिएर छोरी मानुषीलाई काठमाडौंबाट उठाएका थिए, तर उनी पराजित भइन्।
— Baburam Bhattarai (@brb1954) December 23, 2022नवनिर्वाचित सांसदहरूलाई वधाइ! नयाॅलाई केही सुझावः१.संसद जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च थलो हो भन्ने बुझ्ने;२.सांसदको प्रमुख काम विधायिकी हो भन्ने बुझेर विधेयकमाथि दफावार छलफल हुने संसदीय समितिमा सधैं उपस्थित हुने;३.NGO भन्दा पुस्तकालय रोज्ने ४.आफुलाई माननीय नभन्ने! pic.twitter.com/1XiZRX7vau
Shares

प्रतिक्रिया