ad ad

राजनीति


हाम्रो मत प्रतिपक्षको हो, बहुमत नपुगे अनिर्णयको बन्दी बन्दैनौँ : रवि लामिछाने

हाम्रो मत प्रतिपक्षको हो, बहुमत नपुगे अनिर्णयको बन्दी बन्दैनौँ : रवि लामिछाने

संसद भवनमा रवि लामिछाने। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १४:३२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुलाई निर्वाचनबाट प्रतिपक्षमा बस्ने जनमत मिलेको बताएका छन्।

प्रतिनिधिसभामा शपथ लिएपछि सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हु्न्।

'हामीसँग अहिले २० सिट छ। यो भनेको हामीलाई प्रतिपक्षमा बस भनिएको हो', उनले भने, 'तर अहिलेको अवस्था हेर्दा कसैको बहुमत पुग्ने अवस्था छैन। यस्तो अवस्थामा सरकार बन्नै सकेन भने सरकारमा जान पनि सक्छौँ।'

उनले भ्रष्टाचार घटाउने आफूहरुको अभियानलाई बलियो साथ दिने दलहरुसँग मिलेर सरकारमा जान सकिने बताए। तर आफूहरुसँग सरकार गठनबारे कुनै दलले गम्भीर कुरा नगरेको उनले सुनाए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .