ad ad

राजनीति


प्रकाशशरण भन्छन् : गगनजी पछि हटेर सभापति देउवालाई सर्वसम्मत गर्नुपर्छ

प्रकाशशरण भन्छन् : गगनजी पछि हटेर सभापति देउवालाई सर्वसम्मत गर्नुपर्छ

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७९ मंगलबार १६:१२, काठमाडौँ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाँच दलीय गठबन्धनलाई अघि बढाउन पनि अहिले संसदीय दलको नेतामा शेरबहादुर देउवाको आवश्यकता रहेको बताएका छन्। 

कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्। 

उनले आगामी प्रधानमन्त्रीबारे पनि दलहरु चाँडै निर्णय हुने बताएका छन्। 'हामी गठबन्धनमा छौँ। अलग अलग पार्टी छन्। सबैलाई सत्ताको नेतृत्वमा पुगुम् भन्ने इच्छा हुन्छ', उनले भने, 'मलाई लाग्छ छलफलबाट चाँडै सरकारको निष्कर्ष निस्किन्छ। १० गते राष्ट्रपतिले बहुमतसहित प्रस्तुत गर्न भन्नु भएको छ।'

उनले आगामी १० गतेसम्म प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाउने बताए। महतले अहिले देशलाई जोड्ने नेतृत्व चाहिएकाले देउवा नै दलमा आउने बताए। 

'अहिले मलाई लाग्छ जोड्ने र परिपक्व नेतृत्वको खाँचो छ। धेरै साथीहरु हाम्रो पार्टीमा योग्य छन्', उनले भने, 'वरिष्ठ नेता रामचन्द्र पौडेले पनि सर्वसम्मत नेतृत्वको पक्षमा उभिनु भएको छ।'

उनले लोकतान्त्रिक पार्टीमा सबैले इच्छा राख्ने बताउँदै गगनले उम्मेदवारी फिर्ता लिए देउवा सर्वसम्मत हुने पनि उल्लेख गरे। 

'स्वभाविक रुपमा सबैले आफ्नो इच्छाअनुसार अघि बढ्न पाउँछन्। जसलाई जे लाग्छ त्यही गर्न सक्नुहुन्छ', उनले भने, 'तर अब सर्वसम्मतिको सम्भावना रहेन, सभापतिजी पछि हट्ने भन्ने भएन। गगनजीले मनोनयन फिर्ता लिए सर्वसम्मत हुन्छ। सभापतिजी सर्वसम्मत हुन सक्नुहुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .