ad ad

राजनीति


पौडेलले आफैं प्रधानमन्त्री हुने रहर त्याग्दै देउवालाई सघाए

पौडेलले आफैं प्रधानमन्त्री हुने रहर त्याग्दै देउवालाई सघाए

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०७९ मंगलबार १५:४०, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको बुधबार हुने निर्वाचनका लागि सभापति शेरबहादुर देउवाको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल बसेका छन्। 

आफैं दलको नेता हुन चाहेका पौडेलले अन्तिम समयमा छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा रहेका देउवालाई सघाउने निर्णय लिएका हुन्। 

मंसिर ४ को चुनावअघि पौडेल पनि दलको नेता बन्ने आकांक्षीमध्ये एक थिए। तनहुँ १ बाट चुनाव जितेपछि देशलाई अघि बढाउन अब आफ्नो नेतृत्व चाहिने बताएका पौडेल देउवाको पक्षमा उभिएका हुन्। 

गत वर्ष मंसिरमा भएको चौधौँ महाधिवेशनमा संस्थापन इतर समूह छाडेर मौन बसेका पौडेल विस्तारै देउवातिर खुलेका थिए।

अन्तत: उनले आफूलाई दलको नेताको चनावमा देउवालाई सघाउँदै संस्थापन पक्षमा उभ्याएका हुन्। 

देउवाका लागि प्रस्तावकमा पौडेल बस्दा समर्थकमा उपभासपति पूर्णबहादुर  खड्का बसेका प्रधानमन्त्रीका कानुनविद केशवराज जोशीले बताएका छन्।

उता इतर समूहबाट दलको नेतामा उठेका महामन्त्री गगन थापाको प्रस्तावक डा. शेखर कोइराला बसेका छन्। त्यस्तै समर्थकमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङ बसेका छन्। 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको पक्षमा उभिएका छन्। 

मंगलवार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रस्ताव हुन पुगेका उनले अहिलेको असहज परिस्थितिमा कांग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति देउवालाई दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको बताए। 

उनले संसदीय दलको नेतामा सभापति देउवा निर्विरोध हुने दाबीसमेत गरे। तर संस्थापन इतर पक्षबाट पार्टी महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्दैछन्। 

पार्टीका नेता डा. शेखर कोइरालाले युवा पुस्तान्तरणका लागि आफूले गगनलाई सममर्थन गरेको बताउँदै उनलाई संसदीय दलको नेतामा समर्थन गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेका छन्। 

‘अहिलेको असहज परिस्थितीमा नेपाली काँग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेर बहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको छु। पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्न सबैलाई आग्रह गर्दछु,’ पौडेलले भने। 

नेता पौडेलले नवनिर्वाचित कांग्रेसका सांसदहरुलाई पार्टी सभापति देउवालाई सर्वसहमत संसदीय दलको नेता चयन गर्न आग्रहसमेत गरे। 

आफैं दलको नेता हुन चाहेका पौडेलले अन्तिम समयमा छैटौँ पटक प्रधानमन्त्री हुने दौडमा रहेका देउवालाई सघाउने निर्णय लिएका हुन्। 

मंसिर ४ को चुनावअघि पौडेल पनि दलको नेता बन्ने आकांक्षीमध्ये एक थिए। तनहुँ १ बाट चुनाव जितेपछि देशलाई अघि बढाउन अब आफ्नो नेतृत्व चाहिने बताएका पौडेल देउवाको पक्षमा उभिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .