राजनीति


एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्दै, दिउँसो १ बजे बैठक

एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्दै, दिउँसो १ बजे बैठक

नेपालखबर
पुस ४, २०७९ सोमबार ८:२६, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ।

प्रतिनिधिसभा प्रत्यक्षतर्फ मात्र १० सिट जितेको एकीकृत समाजवादीले दलको नेता चयनका लागि दिउँसो १ बजे संसदीय दलको बैठक राख्दै छ।

मिनभवनस्थित पार्टी कार्यालयमा बस्ने बैठकले संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई चयन गर्ने लगभग पक्का छ।

समानुपातिकतर्फ कूल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसक्दा राष्ट्रिय दलको मान्यता पाउन नसके पनि प्रत्यक्षतर्फबाट न्यूनतम १० सांसद जितेकाले एकीकृत समाजवादीले प्रमुख सचेतकको सुविधा पनि पाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad