राजनीति


अब बन्ने सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्छ : कल्याण गुरुङ

अब बन्ने सरकार कांग्रेसको नेतृत्वमा हुनुपर्छ : कल्याण गुरुङ

नेपालखबर
पुस ३, २०७९ आइतबार ९:५८, काठमाडौँ

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्नपछि दलहरू नयाँ सरकार गठनको तयारीमा लागेका छन्। खासगरी वर्तमान सत्ता गठबन्धनका दलबीच सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति हुन सकेको छैन। 

यस विषयमा नेताहरूका धारणा सार्वजनिक भइरहेका छन्।

यसै क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले नयाँ सरकार पनि कांग्रेसकै नेतृत्वमा हुनुपर्ने जिकिर गरेका छन्।

‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भइ सकेको छ’, केन्द्रीय सदस्य गुरुङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अब बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनुपर्छ। प्रधानमन्त्री नेपाली कांग्रेसको हुनुपर्छ।’

साथै सात प्रदेशका मुख्यमन्त्री पनि सकेसम्म नेपाली कांग्रेसले लिनुपर्ने दाबी उनले गरेका छन्।

उनले अगाडि लेखेका छन्, ‘सातवटा प्रदेशको मुख्यमन्त्रीहरू पनि सम्भव भएसम्म नेपाली कांग्रेसले लिने गम्भीर पहल गर्नुपर्छ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad