समाज


कोहलपुरमा भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

कोहलपुरमा भ्यानले ठक्कर दिँदा महिलाको मृत्यु

सांकेतिक तस्बिर।


नेपालखबर
पुस ३, २०७९ आइतबार १०:४, काठमाडौँ

बाँकेको कोहलपुरमा गए राति पिकअप भ्यानको ठक्करबाट  महिलाको मृत्यु भएको छ।

नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको बा१ञ २४३८ नंको पिकप भ्यानले ठक्कर दिँदा कोहलपुर नगरपालिका–११ निवासी उषा गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए।

उनका अनुसार भ्यानको ठक्करले गुरुङको घटनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिएर भागेको भ्यानलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको छ।

ठक्कर दिने भ्यान नेपाल विद्युत् प्राधिकरण कोहलपुरको रहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad