ad ad

राजनीति


हामीले मत प्राप्त गर्‍यौं, अब मन जित्न जरुरी छ : प्रदीप पौडेल

हामीले मत प्राप्त गर्‍यौं, अब मन जित्न जरुरी छ : प्रदीप पौडेल

फाइल।


नेपालखबर
पुस २, २०७९ शनिबार १७:४४, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदीप पौडेलले देशमा उत्पादनमुलक उद्योगहरु खोल्न जरुरी रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताए।

‘‘हामीले जित्यौँ, दिग्विजय भयो भन्ने होइन, हामीलाई एउटा अवसर प्राप्त भएको छ। हामीले ५ वर्ष भित्र पूरा गरेर देखाउनेछौँ,’ पौडेलले भने, ‘यो असाध्यै चुनोतीपूर्ण छ। हामीले मत प्राप्त ग¥यौं अब मन जित्न जरुरी छ।’

उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे। 

नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिवद्धताहरु पूरा गर्ने बताए। ‘जिताइयो अब यसले मात्रै सबैथोक गर्छ भनेर नछोडिदिनुहोला तपाईहरुको नै साथ चाहिन्छ। हामीले भनेका कुरा पूरा गर्न जरुरी छ,’ उनले भने, ‘हाम्रा प्रतिवद्धतामा हामी अडिग छौँ। राजनीतिक व्यथितिको अन्त्य गर्नेछौँ। स्थानीय समस्या समाधान गर्नेछौँ। कुरा भन्दा पनि हामीले गरेका कुरा पूरा गर्ने कुरामा हामी लाग्नेछौँ।’

नेता पौडेलले अबको ५ वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिवद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .