ad ad

राजनीति


गम्भीर अपराधका अभियुक्तलाई उन्मुक्ति दिने अध्यादेश आपत्तिजनक : कमल थापा

गम्भीर अपराधका अभियुक्तलाई उन्मुक्ति दिने अध्यादेश आपत्तिजनक : कमल थापा

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १०:५३, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले रेशम चौधरीलगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेता/कार्यकर्ता रिहा गर्न  ल्याउन लागेको अध्यादेशप्रति गम्भीर आपत्ति जनाएका छन्। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई सत्तामा ल्याउन सजिलो हुने गरी अध्यादेश जारी गर्न लागेको छ। 

त्यसप्रति राप्रपा नेपालका अध्यक्ष थापाले आपत्ति जनाएका  हुन्। 

‘सत्ता स्वार्थका निम्ति नयाँ संसद्‌को बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरुलाई उन्मुक्ति दिने गरी ल्याउन खोजिएको अध्यादेश आपत्तिजनक छ,’ अध्यक्ष थापाले भनेका छन्, ‘लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोकिनुपर्छ।’

सरकारको उक्त निर्णयप्रति एकपछि अर्का नेताले विरोध गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .