राजनीति


देउवा जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ : विष्णु रिजाल

देउवा जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ : विष्णु रिजाल

फाइल तस्बिर : विष्णु रिजाल


नेपालखबर
मंसिर २६, २०७९ सोमबार ९:१७, काठमाडौँ

सरकारले रेशम चौधरीलगायत फौजदारी मुद्दामा थुनामा रहेका तीन दलका नेता/कार्यकर्ता रिहा गर्न मुलुकी फौजदारी संहिता संशोधन अध्यादेश ल्याउने निर्णयको एकपछि अर्का नेताले विरोध गरिरहेका छन्। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीलाई सत्तामा ल्याउन सजिलो हुने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो।

जसविरुद्ध सामाजिक सञ्जालमा सर्वसाधारणसँगै विभिन्न दलका नेताहरूले टिप्पणी गरिरहेका छन्।

यसै क्रममा नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सरकारको आलोचना गरेका छन्। विशेषतः उनले प्रधानमन्त्री शेरबहादुर देउवाको कडा आलोचना गरेका छन्।

जे गरेर भए पनि सत्तामा पुग्ने देउवाले यसपटक अपराधी छुटाएर सरकार बनाउन लागेको आरोप एमाले नेता रिजालले लगाएका छन्।  

‘जम्बो मन्त्रिपरिषद् बनाएर, सांसद किनेर, राजाका बलमा आफ्नै पार्टी फुटाएर, अध्यादेशका आधारमा अर्काको पार्टी फुटाएर – जे गरेर भए पनि सत्तामा पुग्ने विशेषज्ञता हासिल गर्नुभएका ‘सत्ताका सदाबहार सौदागर’ शेरबहादुर देउवा यसपटक जेलमा रहेका अपराधी छुटाएर सरकार बनाउन लाग्नुभएको छ’, रिजालले समामाजिक सञ्जालमा लेखेका छन्। 

सत्ता साझेदार माओवादी केन्द्र सहभागी नहुँदा पनि बहुमत पुर्‍याउन सकिन्छ भनेर प्रचण्डलाई देखाउन प्रधानमन्त्री देउवाले संविधानविपरीत रेशम चौधरीलाई रिहाइ गर्न खोजेको आरोप उनले लगाएका छन्।  

उनले अगाडि लेखेका छन्, ‘माओवादीबिनै बहुमत पुर्‍याउने गरी प्रचण्डलाई दबाबमा राख्न रेशम चौधरीलाई रिहाइ गरेर एक तीरले दुई सिकार गर्दा संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको लज्जा उत्रिएको यसभन्दा शर्मनाक कुरा अरु के हुन्छ र!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .