ad ad

राजनीति


नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन तयार

नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुन तयार

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १८:५९, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीले सरकारमा सहभागी हुने बताएको छ। 

शुक्रबार अपरान्ह काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले रेशमलाल चौधरीलगायतका जेलमा रहेका नेता, कार्यकर्तालाई रिहाई गरे सरकारमा सहभागी हुन सकिने निर्णय गरेको हो।

पार्टीका नेता चौधरीलगायतलाई जेलबाट रिहाई गरे आफूहरु सरकारमा सहभागी भई राष्ट्र निर्माणको अभियानमा सहभागी हुने निर्णय गरिएको पार्टीका महासचिव रतन थापाले जानकारी दिए।

पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठसहित नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ३ सिटमा विजय हासिल गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .