ad ad

राजनीति


संसदवादी कम्युनिष्टहरु भ्रष्ट भए, अब सकिएर जान्छन् : धर्मेन्द्र बाँस्तोला

संसदवादी कम्युनिष्टहरु भ्रष्ट भए, अब सकिएर जान्छन् : धर्मेन्द्र बाँस्तोला

फाइल तस्बिर


नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १९:०, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोलाले वर्तमान राज्य प्रणाली रहिराखे  कम्युनिष्टको नाममा भोट थाप्नेहरु नामेट भएर जाने बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको आगामी दिशा’ विषयक अन्तरक्रियामा बोल्दै संयोजक बाँस्तोलाले संसदवादी कम्युनिष्ट पार्टीहरु नीति, सिद्धान्तविहीन भएको बताए। 

उनले संसदवादी दलहरु कम्युनिष्टको नाममा विकृत र भ्रष्ट भएको भन्दै उनीहरु जनताको पक्षमा नरहेको बताए। 

बाँस्तोलाले निर्वाचनमा संलग्न कम्युनिष्ट पार्टीका नेताहरुलाई नातावाद, कृपावाद, भ्रष्टाचार र तस्करीको आरोप लाग्ने गरेको भन्दै त्यसैले कम्युनिष्ट पार्टीहरुलाई जनताले कारबाही गरेको बताए। 

संसदवादी कम्युनिष्ट पार्टीहरुले समाजवादी राज्य प्रणाली नचाहेको बताए। 

‘अहिलेको यो संसदवादी व्यवस्था र कम्युनिष्टको नाममा विकृतिकरण, भ्रष्टिकरण, सिद्दान्त, राजनीतिमाथि वकालत गर्ने काम  सदवादीहरुले गरे। निर्लज्ज, भद्दा तरिकाले संसारमा कहीँ नभएको नांगो नाच कुनै अनैतिक प्रकारको चाहे त्यो केपीको सन्दर्भमा होस्। कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको सरकार फुटाएर तीन टुक्रा पार्ने केपी ओली, हार गुहार गर्ने केपी ओली होस्। या सत्ता पाएन भनेर सरकारमा भएको पार्टीलाई फुटाएर अलग्गै गर्ने प्रचण्ड होउन्। र त्यसको निम्ति साम्राज्यवादीहरुसँग हारगुहार गर्ने यी सबै सर्वहारावादी नीति, जनपक्षिय नीतिबाट उनीहरु च्युत भएका थिए', उनले भने, 'उनीहरुले नेपाली जनताको सेवा गर्नुपथ्र्यो। समाजवादी सिद्धान्तको सेवा गर्नुपर्थ्यो। उनीहरुले विज्ञानको सेवा गर्नुपर्थ्यो।उनीहरुको व्यवहार सारा जनताले भनेको छन्, नातावाद, कृपावाद, भ्रष्टाचारी, तस्करी, फाइदाको निम्ति आफ्नो घरबेटीहरु च्याप्ने गरेका छन्।'

उनले साम्राज्यवादी शक्तिहरुले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई निर्वाचनबाट परास्त गरेको बताए। संयोजक बाँस्तोलाले निर्वाचनबाट नयाँ शक्तिहरुको उदयको नाटक देखाइएको टिप्पणी गरे।

नयाँ शक्तिहरुसँग कुनै नीति र कार्यक्रम नभएको भन्दै उनले जनताको भावनासँग खेलेर तथाकथित विकल्पको रुपमा दखाउने कोशिस गरिएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .