कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा आज (सोमबार) २ खेल हुँदै छन्। दुवै खेल दशरथ रंगशालामा हुनेछन्।
यसअघि त्रिभुवन आर्मी क्लब र साविक विजेता मनाङ मर्स्याङ्दी क्लबबीचको खेल सातदोबाटोस्थित एन्फा मैदानमा तय भएको थियो।
तर नेपाल र भुटानको छात्रा यू-१५ को मैत्रीपूर्ण खेल सोमबार हुने भएपछि एन्फाले आर्मी र मनाङको खेललाई दशरथ रंगशालामा सारेको हो। खेल मध्याह्न १२ बजे हुनेछ।
पहिलो चरणमा आर्मी र मनाङ दुवै टोलीले जितका साथ लिग सुरुवात गरेका थिए। आर्मीले फ्रेन्ड्सलाई २–१ ले हराएको थियो भने मनाङले एपीएफविरुद्ध २–० को जित हासिल गरेको थियो।
सोमबारै दशरथ रंगशालामा लिगको दोस्रो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब प्रतिस्पर्धा हुनेछ। पुलिस र थ्री स्टारको खेल दिउँसो ३ः०० बजे सुरु हुनेछ।
पहिलो चरणमा दुवै टोलीले बराबरी गर्दै लिगको सुरुवात गरेका थिए। पुलिस र हिमालयन शेर्पा तथा थ्री स्टार र जावलाखेलबीचको खेल गोलरहित बराबरी भएका थिए।
प्रतिक्रिया