ad ad

राजनीति


महाराजगञ्ज पुगेर रामचन्द्र पौडेलले भेटे शशांकलाई

महाराजगञ्ज पुगेर रामचन्द्र पौडेलले भेटे शशांकलाई

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १४:१२, काठमाडौँ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ।

महाराजगञ्जस्थित कोइराला निवासमा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो। 

भेटका क्रममा दुई नेताबीच बधाई साटासाट भएको महाराजगञ्जले जनाएको छ।

पार्टीको संसदीय दलको नेताका आकांक्षीद्वय पौडेल र कोइरालाबीच समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ। 

पौडेल तनहुँ–१ र कोइराला नवलपरासी बर्दघाट सुस्तापूर्व– १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनीहरु दुवै जनाले आफूलाई आगामी प्रधानमन्त्रीको आकांक्षीका रुपमा प्रस्तुत गर्दै आएका छन्। 

पूर्वमहामन्त्री कोइरालाले मंगलबार बिहान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेका थिए। भेटमा देउवाले कोइरालासँग आफूलाई संसदीय दलको नेताका लागि सघाउन आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .