ad ad

राजनीति


रवीन्द्र मिश्रले सार्वजनिक गरे निर्वाचन खर्च

रवीन्द्र मिश्रले सार्वजनिक गरे निर्वाचन खर्च

नेपालखबर
मंसिर २०, २०७९ मंगलबार १४:३५, काठमाडौँ

काठमाडौं क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन खर्च सार्वजनिक गरेका छन्। 

मंगलबार विज्ञप्ति प्रकाशित गरी मिश्रले साढे २४ लाखको खर्च विवरण निर्वाचन आयोगमा बुझाएको बताएका हुन्।

‘हालै सम्पन्न निर्वाचनमा मैले काठमाडौँ क्षेत्र नं एकबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा गर्ने क्रममा २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च भएको विवरण आज निर्वाचन आयोग समक्ष पेश गरेको छु’ उनले भनेका छन्, ‘मलाई यो उल्लेख गर्दा खुशी लाग्छ कि सोही क्षेत्रबाट २०७४ सालको निर्वाचन लड्दा मैले रू २१ लाख ५० हजार खर्च गरेको थिएँ र चुनावी अभियानका क्रममा प्राप्त भएको बढी रकम मेरो पार्टीलाई बुझाएको थिएँ।’

यस्तै, मिश्रले आफूले निर्वाचनमा गरेको खर्च सुभेच्छुकबाट प्राप्त भएको उल्लेख गर्दै निर्वाचन आयोगले दिएको सीमाभन्दा बढी उठेको रकम रू ८ लाख ५० हजार ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ मा जाने बताएका छन्।

उनले आफ्नो खातामा कूल सहयोग लगभग रू ३३ लाख प्राप्त भएको विवरणमा उल्लेख गरेका छन्।

मिश्रले काठमाडौँ क्षेत्र नं १ का मतदाताप्रति आभार प्रकट गर्न आफ्ना पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने घोषणा निर्वाचन लगत्तै गरेका थिए।

उनले ‘निर्वाचनमा करोडौँ करोडको अपारदर्शी खर्चका कारण झनझन चुनावी विकृति बढिरेहको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्ने’ बताएका छन्।

मिश्र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग झिनाे मतले पराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .