ad ad

राजनीति


अमेरिकी राजदूतसँगको भेटबारे भीम रावललाई बालेन्द्रले दिए यस्तो जवाफ

अमेरिकी राजदूतसँगको भेटबारे भीम रावललाई बालेन्द्रले दिए यस्तो जवाफ

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार २०:१०, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी रादूतसँग भेट गर्दा परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएको स्पष्ट पारेका छन्। 

नेकपा (एमाले) का नेता भीम रावलले मेयर बालेन्द्रको अमेरिकी राजदूत डिन थम्पसनसँग गरेको भेटबारे प्रश्न उठाएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन्।

रावलले अमेरिकी राजदूतसँग बालेन्द्रले परराष्ट्रको स्वीकृति लिए/नलिएको र सिधै सहयोग मागे/नमागेकोबारे प्रश्न उठाएका थिए। 

त्यसको जवाफ दिँदै शाहले परराष्ट्रसँग स्वीकृति लिएको र अमेरिकासँग कुनै सहयोग नमागेको बरु अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर वा पाटी पौवा बनाइदिन सहयोग गर्ने जवाफ दिएको स्पष्ट पारेका छन्। 

‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौं र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौं’ उनले भनेका छन्, ‘हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन। उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ। र थप एमसीसी मार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत नेपाल मै प्रयोग गरेर आर्थिक उन्नति गर्नु पर्छ भन्ने धारणा व्यक्त गरेका छौँ।’

 

साथै, मेयर शाहले परराष्ट्र र सामान्य प्रशासन मन्त्रालयले भेटघाटको स्वीकृतिका लागि दिएको पत्रसमेत सार्वजनिक गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .