ad ad

खेल


नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रद्द

नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रद्द

नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार २०:३५, काठमाडौँ

आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल वर्षाका कारण रद्द भएको छ। 

नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याएको नामिबियाले ४ बलमा ४ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। 

वर्षाले खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो। खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन्। 

त्यसअघि विन्डहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा १९७ रन बनाउँदा अलआउट भयो। 

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको योगदान दिए। ९४ बलको सामना गरेका उनले ७ चौका र २ छक्का हाने। ओपनर अर्जुन साउद १८ र आशिफ शेख २० रनमा पवेलियन फर्के। आरिफ शेख २३, गुल्सन झा १८, कुशल भुर्तेलले १३ र सोमपाल कामीले १०  रन थपे।

सागर ढकाल १ र दिपेन्द्र सिंह ऐरि शुन्य रनमा आउट भए। 

नामिबियाका टांगेनी लुंगामेनीले  ३ विकेट झारे। कार्ल ब्रेकस्टोकले २ तथा जेजे स्मिथ, बर्नाड स्टोज् र गेहार्ड इरास्मसले समान एक विकेट झारे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .