ad ad

राजनीति


समानुपातिकतर्फ एकीकृत समाजवादी आठौं स्थानमा, कुन दलको कति मत?

समानुपातिकतर्फ एकीकृत समाजवादी आठौं स्थानमा, कुन दलको कति मत?

फाइल।


नेपालखबर
मंसिर १५, २०७९ बिहिबार ११:१०, काठमाडौँ

गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमालेले आफूलाई पहिलो दलको रुपमा दर्ज गरेको छ। निर्वाचन आयोगमा प्रविष्ट भएको पछिल्लो परिणाम अनुसार एमालेले २७ लाख ३१ हजार २ सय ८२ मत समानुपातिकतर्फ प्राप्त गरेको छ। 

सत्तारुढ दल नेपाली कांग्रेस दोस्रो दल बनेको छ। उसले २६ लाख ३ हजार ३८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। 

त्यस्तै, नेकपा माओवादी केन्द्र ११ लाख ५५ हजार ४५ मतसहित तेस्रो स्थानमा छ। घण्टी चुनाव चिन्ह लिएर चुनावमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ७ हजार ७ सय ४० मत प्राप्त गर्दै समानुपातिकतर्फ चौथो ठूलो दल बनेको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८१ हजार १ सय ३, जनता समाजवादी पार्टी, नेपालले ४ लाख १६ हजार १ सय ८६, जनमत पार्टीले ३ लाख ८६ हजार ९६ मत प्राप्त गरेको छ। 

सत्तारुढ नेकपा एकीकृत समाजवादीले भने ३ लाख मत कटाउन सकेको छैन। पछिल्लो मतपरिणाम अनुसार एकीकृत समाजवादीले २ लाख ९२ हजार ६ सय ३ मत प्राप्त गर्दै आठौं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .