राजनीति


पहिलो प्रधानमन्त्री कांग्रेसले नै पाउनपर्छ, मैले तयारी गरिसकेको छैन : डा. शेखर कोइराला

पहिलो प्रधानमन्त्री कांग्रेसले नै पाउनपर्छ, मैले तयारी गरिसकेको छैन : डा. शेखर कोइराला

ध्रुव भट्टराई
मंसिर १५, २०७९ बिहिबार १०:१६, विराटनगर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको संसदीय दलको नेता बन्ने बिषयमा आफूले आवश्यक तयारी गरिनसकेको बताएका छन्। 

आफू विराटनगर रहेकाले काठमाडौं गएर पार्टीको नेताहरुसँगको सल्लाहपछि मात्र दलको नेताको दौडमा जाने नजाने भन्ने बिषयमा निर्णय लिने बताए। 

बुधबार विराटनगरस्थित कोइराला निवासमा भएको पत्रकार भेटघाटमा नेता कोइरालाले सो कुरा बताएका हुन्। ‘प्रधानमन्त्री हुने चाहना भएर मात्र हुने कुरा होइन,’ कोइरालाले भने, ‘यो मल्टिपार्टी सिस्टममा नम्बरको पनि गेम हुन्छ भन्ने बुझ्न आवश्यक छ,’

नम्बर गेममा जो अघि हुन्छ उ नै संसदीय दलको नेता चुनिने बताउँदै त्यसपछि मात्र प्रधानमन्त्री बन्ने विषयले प्रवेश पाउने उनकाे भनाइ छ।

आफू संसदीय दलको नेता बन्ने बिषयमा पार्टी सभापति, वरिष्ठ उपसभापति लगायतका नेताहरुसँग छलफल पश्चात मात्र निर्णयमा पुग्ने उनले प्रष्ट पारे।

महामन्त्री गगन थापाप्रति इंकित गर्दै उनले पार्टीभित्र रहेका सांसदहरुको साथ र सहयोगमा लागि आफ्नो पक्षमा कतिको संख्या छ भन्ने कुराको पनि हेक्का राख्न जरुरी रहेको बताए। 

अर्को प्रसंगमा कोइरालाले गठबन्धनभित्र रहेका दलहरुमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएकाले अबको सरकारको नेतृत्वपनि कांग्रेसले नै गर्ने बताए। 

उनले मंसिर ४ मा सम्पन्न निर्वाचनमा कांग्रेसका सबै कार्यकर्ता इमान्दार भएर चुनावमा नहोमिँदा केही उम्मेदवारले पराजय भोग्न परेको उल्लेख गरे।\

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .