ad ad

राजनीति


दोलखाका रद्द भएको मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने

दोलखाका रद्द भएको मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने

फाइल।


नेपालखबर
मंसिर १२, २०७९ सोमबार १०:५२, काठमाडौँ

दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा आगामी मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ। जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले आगामी मंसिर १५ गते निर्वाचन गराउने निर्णय भएको मुख्य निर्वाचन अधिकृत ढिल्लीरत्न श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार निर्वाचनको तयारी आजैबाट सुरु गरिएको छ। 

दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउने निर्णय गरेको थियो। 

आयोगले ती स्थानमा आगामी मंसिर १५ गतेभित्र गराउन मुख्य निर्वाचन अधिकृतकाे कार्यालयलाई निर्देशन दिएको छ।

नेकपा एमालेले सत्तारुढ दलबाट बुथ कब्जा भएको उजुरी दिएपछि खटिएको टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएपछि आयोगले यो निर्णय लिएको हो। 

स्थलगत अध्ययनमा गएको टोलीको सिफारिसपछि दोलखाका वैतेश्वर गाउँपालिका र तामाकोशी गाउँपालिकाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्षसहित पुन मतदान गरिने भएको हो।

आयुक्त रामप्रसाद भण्डारीको सिफारिसका आधारमा ती केन्द्रमा अब फेरि मतदान हुन लागेको हो।

पुन:निर्वाचन हुने बुथ

१) बैत्यश्वरको वडा नं. ६ (क,ख,ग)

२) वैत्यश्वरको ३ कालीढुङ्गा (क,ख,ग)

३) बैत्यश्वर २ को जनज्योति (क,ख)

४) तामाकोसीको हेल्थपोस्ट (क,ख)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .