ad ad

राजनीति


प्रतिपक्षले विकासमा अवरोध गरे प्रतिकार गर्छौंः मन्त्री मगर

प्रतिपक्षले विकासमा अवरोध गरे प्रतिकार गर्छौंः मन्त्री मगर

नेपालखबर
असार १०, २०७६ मंगलबार ११:४९,

खानेपानी मन्त्री बिना मगरले विकासको काममा कुनै पनि प्रकारको अवरोध स्वीकार्य नहुने बताएकी छन्।

कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको मंगलबार चौथो नगरसभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकासको काममा कहीँ कतैबाट अवरोध आए सह्य नहुने चेतावनी दिएकी हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विकास निर्माणमा अवरोध पु¥याएको आरोप लगाउँदै उनले अवरोध छाडेर विकासको काममा साथ दिन आग्रह समेत गरिन्। ‘विपक्षी दलका साथीहरुबाट गुण्डागर्दी शैलीमा हाकिमहरुलाई धम्क्याउने, थर्काउने जस्ता काम भईरहेका छन्, यो बन्द गर्नुपर्छ’, उनले भनिन्, ‘कञ्चनपुर क्षेत्र नम्बर १ को विकासका लागि अवरोध कसैले सृजना गर्छ भने त्यो सह्य हुँदैन।’

उनले कञ्चनपुर क्षेत्र नम्बर १ लाई नमूना क्षेत्रको रुपमा विकास गरेर देखाउने दावी गरिन्। नमूना बनाउने अभियानमा साथ दिन उनले कांग्रेसलाई आग्रह समेत गरिन्। उनले अवरोध भयो भनेर विकास निर्माणका काम नरोकिने दावी गरिन्। अवरोध गर्नेहरुको प्रतिकार गरेर अगाडि बढ्ने उनको चेतावनी थियो।

 उनले कञ्चनपुरमा भन्सार नाका खोल्ने, बन्दा तालको विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडक विस्तार गर्ने लगायतका कामहरु अघि बढिरहेको जानकारी दिइन्। नेपाल भारत सीमा समस्या समाधान गर्नेदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ लाई नमूना शहरका रुपमा विकास गर्ने लक्ष्य रहेको मन्त्री मगरले बताइन्।

‘नगरको दिगो विकास गर्दै यस क्षेत्रमा सबै प्रकारका विभेद अन्त्य गर्ने, भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी बनाउने योजना छ’, उनले भनिन्, ‘यहाँका नागरिकलाई सबल र आत्मनिर्भर बनाउँदै लगिने र यसका लागि बेलौरी नगरपालिकाका नेतृत्वहरुको पूर्ण सहयोग चाहिन्छ।’

नगर सभामा नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०७६÷७७ को लागि ६० करोड ८५ लाख ९४ हजार बराबरको बजेट प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .