आजबाट शुरु हुने सघीय संसदको हिउँदे अधिवेशनको अध्यक्षतामा उपसभामुख शिवमाया तुम्बाहाङ्फे गर्ने भएकी छन्।
ससदको कार्यव्यवस्था समितिको बैठकमा संसदको अध्यक्षता उपसभामुख तुम्बाहाङ्फे गर्ने सहमति जुटेको हो। उपसभामुख तुम्बाहाङ्फेको अध्यक्षतामा बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले ११ गते बाट समामुख चयन प्रकृया थाल्ने निर्णय गरेको हो।
शुक्रबार दिउँसो बसेको बैठकमा संसदको नियमावलीलाई लिएर केही सादस्यहरुले शुरुवात र अन्त्य सभामुखले मात्रै गर्ने भन्ने व्यवस्था रहेको भन्दै उपसभामुखले बैठकको शुरुवात गर्न नसक्ने तर्क गरेका थिए।
त्यसैगरी समितिको बैठकमा संसदको अर्को बैठक पुस ११ गते बस्ने पनि सहमति भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज अपरान्ह चार बजेबाट बैठक सुरु हुँदैछ।

प्रतिक्रिया