ad ad

राजनीति


ट्रस्टको जग्गा भाडा प्रकरणबारे कोइराला भन्छन्ः मुलुकका लागि योभन्दा बदमासी के हुन सक्छ?

ट्रस्टको जग्गा भाडा प्रकरणबारे कोइराला भन्छन्ः मुलुकका लागि योभन्दा बदमासी के हुन सक्छ?

नेपालखबर
पुस ४, २०७६ शुक्रबार ६:५३,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारी जग्गा हडप्न सरकारकै मन्त्रीहरु सक्रिय रहेको विषयमा पार्टीले संसद र सडकबाट कडा विरोध गर्नुपर्ने बताएका छन्।

उनले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारबाट नीजि क्षेत्र पोस्नेगरी भएको निर्णय राज्य दोहन र बदमासी गरेको विषयमा चुप बस्न नमिल्ने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता कोइरालाले लेखेका छन्, ‘सगरमाथा राष्ट्रिय निकुञ्जको जग्गा,काठमाडौस्थित गोकर्ण जंगल र दरबारमार्गको जग्गा सरकार र मन्त्रीहरुको मिलेमतोमा ऐन नै संशोधन गरेर यति होल्डिङ्सलाई दिएको छ। राज्य दोहनको चरम उदाहरण हो यो। मुलुकका लागि यो भन्दा बदमासी के हुन सक्छ? यस बिषयमा जनताले सरकार र मन्त्रीहरुसँग प्रश्न गर्ने समय आएको छ।’

 उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिकाप्रति समेत प्रश्न उठाएका छन्। फेसबुक स्टाटसमा लेख्दै काइरालाले ‘यति होल्डिङ्सलाई दिइएको जग्गा, वालुवाटार जग्गा र झापास्थित प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा भएको ५० बिघाभन्दा बढी जग्गाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम प्रभावकारी देखिएन। यस्ता विषयमा नेपाली कांग्रेस पार्टीले संसद र सडकबाट जोडदार आवाज उठाउनुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .