ad ad

खेल


पीपीएलः पोखरा पल्टनको प्लेअफ पुग्ने सम्भावना कठिन

पीपीएलः पोखरा पल्टनको प्लेअफ पुग्ने सम्भावना कठिन

नेपालखबर
पुस ४, २०७६ शुक्रबार ६:५४,

घरेलु टोली पोखरा पल्टनले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा तेस्रो हार व्यहोरेको छ। लगातारको हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ।

पोखरा रगंशालामा शुक्रबार भएको खेलमा बुटवल ब्लाष्टर्सले भने पोखरालाई ८ विकेटले पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

एक खेलमा जित र तीनवटामा हार भोगेको डिफेन्डिङ च्याम्पियन पोखरा अंकतालिकाको पाँचौँ स्थानमा झरेको छ। दुई खेलमा जित र एकमा हार भोगेको बुटबल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

पोखराले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको बुटवलले १४ ओभरमा २ विकेट गुमाउँदै ३६ बलअगावै जित निकालेको हो।

बुटवलको जितमा ओपनर ओपनर अफ्ताब उदीन अहमदले सर्वाधिक ७५ रनको योगदान दिए।

१२औं ओभरको अन्तिम बलमा रशिद खानले प्रथामेश दाकेबाट क्याच गराउनुअघि उनले ४६ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै जित पक्का गरेका थिए।

शंकर रानाले १९ रनको योगदान दिए। पहिलो विकेटका लागि अफ्ताब उदीन अहमद र शंकर रानाले ८७ रनको उत्कृष्ट साझेदारी गरेपछि बुटवलको सहज जित पक्का गरेको थियो।

भीम सार्की १६ र हर्ष टोन्क ६ रनमा नटआउट रहे। पोखराका रसिद खान र प्रथामेश दाकेले समान १ विकेट लिए।

त्यसअघि बुटवलले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २१ रनको योगफल तयार पारेको थियो।

पोखराको लागि भारतीय ब्याट्सम्यान रविइन्दर सिंह ४२ बलमा २ चौका र २ छक्कासहित ४५ रनमा नटआउट रहे। प्रथामेश दाके २० बलमा १ चौका र १ छक्कासहित २० रनमा नट आउट रहे । खराब सुरुवात गरेको पोखरालाई मध्यम अवस्थामा पुर्याउन रविइन्दर र प्रथामेशले छैटौं विकेटका लागि अविजित ५२ रनको साझेदारी गरे।

बुटवलका हर्ष टोन्कले आप्mनो स्पेलमा १० रन खर्चेर २ विकेट लिए । ललितसिंह भण्डारी, शिवम सिंह र नितेश थापाले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .