गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलले बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत आइसब्याग सहयोग गरेको छ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीको सभाहलमा आज एक कार्यक्रमका बीच संस्थाका सभापति डोलराज पाण्डेलाई बैंकका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले उक्त ब्याग हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दीर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया