कास्की क्षेत्र नम्बर २ को मतगणना जारी छ।
कास्की २ का निर्वाचन अधिकृत दया शंकर अधिकारीका अुनसार राति ३ बजेबाट मतगणना सुरु गरिएको थियो। पछिल्लो विवरण निर्वाचन आयोगलाई अपडेट गराउने तयारी भएको उनले जानकारी दिए।
अहिलेसम्म करिब १५ सय भन्दा बढी मत गणना भएको छ। मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको उनले जानकारी दिए।
कास्की २ मा नेकपा एमालेका तर्फबाट विद्या भट्टराई मैदानमा छिन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी भन्दा निकै पछाडि छिन्। प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेल उम्मेदवार छन्।
279
Shares

प्रतिक्रिया