राजनीति


गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

गोरखाको उत्तरी क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ६:४३, काठमाडौँ

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ। जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ।

उत्तरी भेकको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिश गरेको छ। आज बेलुकासम्म मतदेपटिका ल्याइने तयारी छ। क्षेत्र नं १ अन्तर्गतका भीमसेनथापा, सहिदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका आइतबार राति नै सदरमुकाम ल्याइसकिएको छ। 

क्षेत्र नं १ का मतपेटिका सदरमुकामस्थित जिल्ला समन्वय समितिको हलमा राखिएको छ। क्षेत्र नं १ को गणना त्यहीँ हुनेछ। क्षेत्र नं २ को मतपेटिका सङ्कलन भइसकेको छ। क्षेत्र नं २ को लक्ष्मी बजारस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने सो क्षेत्रका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad