राजनीति


निर्वाचन अपडेट : कहाँ-कहाँ सुरु भयो मतगणना?

निर्वाचन अपडेट : कहाँ-कहाँ सुरु भयो मतगणना?

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार ६:५२, काठमाडौँ

आइतबार (४ मंसिर) भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सोमबारबाट देशभर हुने भएको छ

केही ठाउँमा मतगणना सुरु भएको र धेरैजसो ठाउँमा मतपेटिका संकलनको काम हुँदै गरेको निर्वाचन अधिकृतको कार्यालयहरुले जानकारी गराएका छन्। 

काठमाडौं–७, भक्तपुर–२, ललितपुर–२ र ३ को मतगणना सुरू भइसकेको छ। काठमाडौंका बाँकी ९ वटा क्षेत्रको मतगणना पनि अहिले ८ बजेदेखि सुरू हुने आयोगले बताएको छ। 

देशका अरू जिल्लामा पनि मतगणनाको तयारी सुरू भएको छ। 

निर्वाचन आयोगका अनुसार यो पटकको निर्वाचनमा ६१ प्रतिशत मतदान भएको विवरण सार्वजनिक गरिएको छ। छिटपुट बाहेक देशका अधिकांश ठाउँमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad