ad ad

राजनीति


एमाले उम्मेदवार धामी मतदानस्थलमै भोट माग्न पुगेपछि...

एमाले उम्मेदवार धामी मतदानस्थलमै भोट माग्न पुगेपछि...

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १३:७, काठमाडौँ

कञ्चनपुरको वेदकोट नगरपालिकामा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार नरबहादुर धामी लखेटिएका छन्। 

वडा नम्बर २ मा रहेको बैजनाथ मावि मतदान केन्द्रमा उनलाई स्थानीयले लखेटेका हुन्। 

मत दिने स्थानमै पुगेर मत मागेपछि उम्मेदवार धामीलाई स्थानीय मतदाताले बाहिर निकालेको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता पारश जोशीले जानकारी दिए।

‘दलहरुबीच उम्मेदवारले तोकिएको स्थानभन्दा भित्र जान नदिने आचारसंहिता बनाइएको थियो,’ उनले नेपालखबरसँग भने, ‘तर धामीजी मतदान गर्ने स्थानमै गएर मत माग्न थाल्नुभयो। अनि मतदानका लागि लाइनमा बसेकाले होहल्ला गरेर निकालेका हुन्।’ 

तर, उक्त वडाका वडाध्यक्ष नरेश सिंहले भने उम्मेदवार धामीलाई लेखेको भन्ने कांग्रेसको दाबीको खण्डन गरे। ‘सामान्य विवाद भएको हो,’ उनले भने, ‘लखेटेको होइन।’

धामी एमालेका तर्फबाट कञ्चनपुर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन्। यहाँ सत्ता गठबन्धनले कांग्रेस केन्द्रीय सदस्य एनपी साउदलाई उम्मेदवार बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .