ad ad

मधेस


धनुषाको कमला नगरपालिकास्थित एक मतदान केन्द्रमा अझै सुरु भएन मतदान

धनुषाको कमला नगरपालिकास्थित एक मतदान केन्द्रमा अझै सुरु भएन मतदान

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १३:८, काठमाडौँ

धनुषाको एक मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन्। 

जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा अवस्थित कमला नगरपालिकाको वडा नम्बर–६ मडानमा रहेको बिलट बौक मावि (ख) केन्द्रको मतदान सुरु हुन नसकेको हो। 

मतपेटिकामा सामान्य गडबडी भएको भन्दै मतदान सुरु हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

उनले सामान्य प्राविधिक त्रुटि भएको र त्यसलाई सच्याइसकिएकोले अबको केहीबेरमा मतदान सुरु हुने जानकारी दिएका छन् । 

प्रदेशसभाको मतपेटिका प्रतिनिधिसभामा हेरफेर भएको भन्दै स्थानीयले विवाद गर्दा मतदान सुरु हुन नसकेको मतदान अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .