सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकमा नेता भीम रावलले एक कविता सुनाएका छन्।
बिहीबारको बैठकमा नेता रावलले पार्टी नेतृत्वको आलोचना, नेकपा र राजपाबीचको सहमतिको आलोचना, विधि र पद्धतिमा पार्टी नचलेको, पैसा र पद राजनीतिको मुख्य उपलब्धि बनेको विषयमा आधारित कविता सुनाएका हुन्।
धूवाँले छोपिँदै दियो
अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनि यो दियो
धुम्रबाराहीमा एउटा अभ्यास गरिँदै थियो,
एक्कासी धूवाँको मुस्लो बालुवाटारमा उठ्यो
आशाको धिपधिपे पट्ट पानीको फोका झैँ फुट्यो ।
रक्तिम झण्डाको आडमा समाजवाद खोजिँदै थियो।
त्यही झण्डा समात्ने हातले आफ्नै काल रोजिँदै थियो
अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो?
विधि र पद्धति भन्ने क्षणभरमा नै धूलो भयो।
सत्ता–धन सबैथोक भए चाहियो साम्यवाद किन?
शीर्ष भनी कहलिने नेता हो इमानले भन,
सिद्धान्त, वर्ग, विधिका डम्फु बजाइराख्न सबै छोडौं।
जहाँ पाइन्छ सत्ता, धन यो जीवन त्यही नै जोडौँ।
३ पुस २०७६
काठमाडौँ।
प्रतिक्रिया