ad ad

कारोबार


मंसिर १ देखि ७ गतेसम्म कर सप्ताह मनाइने

मंसिर १ देखि ७ गतेसम्म कर सप्ताह मनाइने

नेपालखबर
मंसिर १, २०७९ बिहिबार १४:८, काठमाडौँ

आजदेखि ७ गतेसम्म कर सप्ताह मनाइने भएको छ। 

नेपालमा मूल्यअभिवृद्धि कर लागू भएको दिनदेखि सात दिनसम्म कर सप्ताह मनाइनलागेको हो। 

२०६९ देखि सरकारले मंसिर १ लाई कर दिवस मनाउँदै आएको छ। 

यस वर्ष स्वैच्छिक सहभागितासहितको फराकिलो कराधार : दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार भन्ने मूल नारामा राष्ट्रिय कर दिवस मनाइएको छ। 

सात दिनसम्म करदातालाई केन्द्रविन्दुमा राखी उनीहरुको अधिकतम सहभागितासहित निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाको सहयोग तथा सहकार्यमा रचनात्मक कार्यक्रम गरिने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .