अर्थविद् डा।स्वर्णिम वाग्लले नेपालको अर्थतन्त्र सुधार गर्नको लागि राजनीतिक नेतृत्वमा युवा आउनु आवश्यक रहेको बताएका छन्।
बुधबार बागमती क्याम्पसका विद्यार्थीहरुलाई सन् २०३० सम्म नेपालको अर्थतन्त्रको मार्ग चित्रका विषयमा प्रशिक्षण दिँदै अर्थविद् डा. वाग्लले सो कुरा बताएका हुन्। उनले नेपालको अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय मुलुकसँग प्रतिष्पर्धी बनाउनको लागि राजनीतिक निर्णय तथा नीतिहरुमा सुधार ल्याउनुपर्ने बताए।
‘नेपालको भू—बनावटले पर्यटनको ठूलो सम्भवना दिएको छ। पर्यटन ल्याउने मोडल एकदमै कम भयो। अहिले १.२ मिलियन मात्रै पर्यटक आउँछन्। लाओस् जस्तो देशमा ५ मिलियन पर्यटक आउँछन्,’ वाग्लेले भने, ‘थाइल्याण्डमा ४० मिलियन आउँछन्। तर, पर्यटकको ठूलो सम्भवना रहेको देशमा पर्यटकको सख्या एकदमै कम छन्। नेपालले पाँच वर्षमा २० लाख पर्यटक ल्याउनसक्ने र पर्यटकहरुले हेरक दिन १०० डलर खर्च गर्ने बनाउन सक्नुपर्छ।’
डा. वाग्लले मुलुकको अर्थतन्त्र सवल र चलायमान बनाउँदै माथि उठाउनको लागि राजनीतिक नेतृत्व सक्षम हुनुपर्ने बताए।
उनले यथास्थितिमा भने मुलुकको अर्थतन्त्र माथि जान नसक्ने बताए।
नेपाल पर्यटनको हिसावले उच्च सम्भावना भएको मुलुक भएपनि आत्याधिक कम मात्रै पर्यटक आउने गरेको उनले बताए।
उनले नेपालमा अबको पाँच वर्षमा हवाई क्षेत्रमा सुधार,होटल पूर्वाधारको बिस्तार,दक्ष जनशक्ति उत्पादन गरेर २० लाख पर्यटक ल्याउनुपर्ने बताए। ‘अहिले नेपालमा काठमाडौं, पोखरा र चितवन गरेर १३ दिनसम्म बस्छन्।पर्यटक बस्ने अवधि बढाएर १६ दिनसम्म बनाउनसक्यौ भने पर्यटकबाट ठूलो आम्दानी गर्न सकिन्छ,’ वाग्लेले भने, ‘त्यसको लागि हवाई क्षेत्रमा सुधार,होटल पूर्वाधारको बिस्तार,दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ। अहिले नेपाललाई रेमिट्यान्सले धानेको छ। तर रेमिट्यान्सले नेपाललाई टाढा
लाँदैन। अब विदेशी लगानी भित्र्याउनु प¥यो । नेपाली उत्पादनलाई विदेशमा पु¥याएर आम्दानी पनि बढाउनुपर्छ,’
वाग्लले नेपाल आउने पर्यटकले गर्ने खर्च दैनिक १०० डलर बनाएर घुम्ने र बस्ने अवधि १६ दिनसम्म बनाउँदा मात्रै पर्यटक क्षेत्रबाट आम्दानी बढ्नसक्ने बताए।
‘पर्यटन,विदेशी लगानी बढाउँदा, उत्पादन बढाउँदा पनि नेपालको आर्थिक क्षेत्रबाट माथि उठाउन सक्छ। भूपरिवेष्ठित देशहरु गरिव हुन्छन् । नेपा पछिल्लो सय वर्षमा ढुवानी खर्च बढी लाग्ने भएकाले अन्तराष्ट्रिय बजारमा सहज रुपमा पुग्न सकेनौं,’ वाग्लेले भने, ‘नेपालले भन्दा अन्य देशहरुले उत्पादन गरेका वस्तुहरु सहज र सस्तोमा लान सकेका छन्। नेपालले तत्काल पुग्न सक्ने सफ्ट्वयर तथा डिजिटलाइजेशनमा जानुपर्छ।’
अर्थविद् वाग्लले भारतमा बढ्दै गएको वायु प्रदूषणले नेपालका हिमालहरु पग्लिरहेको बताए।
Shares

प्रतिक्रिया