राजनीति


मोरङ पुगेर प्रचण्डले भने : शेखर कोइरालाकै कारण नेपालमा शान्ति सम्भव भयो

मोरङ पुगेर प्रचण्डले भने : शेखर कोइरालाकै कारण नेपालमा शान्ति सम्भव भयो

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १४:०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय नेपाली कांग्रेसका नेताहरुको प्रशंसा गरिरहेका छन्। 

ठाउँ ठाउँमा पुगेर प्रधानमन्त्री र मन्त्री बनाउने सम्भावना भएको नेता भन्दै कांग्रेस नेताहरुको प्रशंसा गरिरहेका उनले बुधबार मोरङ पुगेर डा. शेखर कोइरालालाई खुसी बनाउने प्रयास गरे। 

मोरङ क्षेत्र नम्बर ६ को प्रदेशसभा १  प्रचण्डका ज्वाइँ जीवन आचार्य गठबन्धनबाट चुनावी मैदानमा छन्। जहाँ संघतर्फ कांग्रेस नेता कोइरालाले एमाले नेता लालबाबु पण्डितसँग प्रतिस्पर्धा गरिरहेका छन्। 

मोरङ क्षेत्र नम्बर ६ (१) सुन्दरहरैँचा नगरपालिका-७ स्थित गछियामा बुधबार सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधनका क्रममा उनले शेखरलाई शान्ति प्रक्रियाका एक पात्रको संज्ञा दिए। 

'डाक्टर शेखर कोइरालाले गिरिजाप्रसाद कोइरालाको दाहिने हात भएर काम गरेकैले शान्ति प्रक्रिया यहाँसम्म आइपुगेको हो', उनले सभामा भने।

उनले प्रदेशसभामा उठेका आफ्ना ज्वाइँको पनि भाषणका क्रममा प्रशंसा गरे। उनले ज्वाइँलाई युवा र गतिशील नेताको संज्ञा दिए। 

दाहालले मोरङमा पनि प्रतिगमनको त्रास देखाउने कोसिस गरे। उनले फेरि प्रतिगमनविरूद्ध आन्दोलन नगर्ने गरी गठबन्धनलाई भोट हाल्न अपिल गरे। 

उनले शान्ति, लोकतन्त्र, संविधान रक्षा र समृद्धिका लागि गठबन्धनका कार्यकर्ताले एकअर्का दलका चुनाव चिह्नमा भोट हाल्नुपर्ने तर्क गरे। 

'नेपाललाई पछि धकेल्नेहरू मिलेर एमाले नेतृत्वको गठबन्धन बनेको छ। त्यसलाई पराजित गर्नुपर्छ', उनले भने, 'गठबन्धनले आर्थिक समृद्धि ल्याउँछ। सुशासन पनि कायम गर्छ।'

उनले गठबन्धनको पक्षमा लहर आएको दाबी गरे। यो गठबन्धन दशकौँसम्म रहने पनि उनको तर्क थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad