राजनीति


करिश्माले मागिन् राप्रपाकी उम्मेदवार रेखाका लागि भोट

करिश्माले मागिन् राप्रपाकी उम्मेदवार रेखाका लागि भोट

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार १४:१३, काठमाडौँ

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेको धेरै भएको छैन। उनी एमाले उम्मेदवारका लागि भोट माग्दै घरदैलोमा सहभागी भइरहेकी छन्।

एमालेको चुनावी सभादेखि घरदैलोसम्म देखिएकी करिश्माले फेसबुकमा भने राप्रपाकी रेखा थापालाई भोट मागेकी छन्। 

कलाकार राष्ट्रको गहना भएको तर्कसहित करिश्माले रेखालाई भोट मागेकी हुन्।

उनले फेसबुकमा लेखेकी छन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन्। संस्कारका संवाहक हुन्। यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन्। यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ। अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्ना कुरा पुर्‍याउने हो। यो संघर्षमा सामेल योद्धा रेखा थापालाई भोट गर्न मोरङ जिल्लाबासीलाई आग्रह गर्दछु।’

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रेखा मोरङ–३ की राप्रपा उम्मेदवार हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .