राजनीति


काठमाडौंमा चाहिनेभन्दा धेरै मोटरसाइकल गुड्दा दुर्घटना बढ्यो : बालेन्द्र शाह

काठमाडौंमा चाहिनेभन्दा धेरै मोटरसाइकल गुड्दा दुर्घटना बढ्यो : बालेन्द्र शाह

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १५:२९, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन्।

संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सो सम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका हुन्। 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सेयर सबै सार्वजनिक सवारी साधनहरुको बराबर हुने गरी सो विधेयक पास भएकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिस्पर्धा भई दूर्घटना हुने काममा कमी आउने विश्वास व्यक्त गरे।

उनले भने, ‘हालै हाम्रो संसदबाट काठमाडौं उपत्यका लागि एउटा यातायात प्राधिकरणको बिल पास भएको छ। जस अन्तरगत चाँही सबैखाले भेहिकल्सहरु एउटै छातामा आएर काम गर्ने जसले गर्दाखेरी कम्पिटीशन रहँदैन। सबैले बराबर सेयर पाउने भएपछि कम्पिटीशन हट्छ। रिङ रोडमा २ सय वटा गाडी भए पुग्ने रहेछ। तर हामीले रुट परमिट जतिलाई पनि दिइरहेका छौं। अल बिल पास भएको छ। हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौं।’

उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुई पाङग्रे सवारी साधनको चाप बढेको उल्लेख गरे।

 मेयर शाहले त्यसको व्यवस्थापनका लागि पनि सम्बन्धित पक्षहरुबीच विस्तारै सहकार्य गर्दै लैजानुपर्नेमा जोड दिइएको बताए। 

उनले भने, ‘सबै सम्बन्धित निकायहरुले सहकार्य गरेर अघि बढाएर यहाँको सडक दुर्घटनालाई न्यूनीकरण गर्न सक्छौं। अब धेरै कारणहरु छन्। बाटोको इन्फास्ट्रक्चरको कारणले हुन सक्ला। ट्राफिक म्यानेजमेन्टको कारणले हुन सक्ला। धेरै पक्षहरु छन्। त्यसलाई विस्तारै हामीले मिलाउँदै जाने हो।’ 

उनले थपे, ‘अब एउटा साधारमा रुपमा हेर्दा पनि काठमाडौं महानगरपालिकामा चाहिने भन्दा बढि मोटरसाइकल देख्छौँ। यसैकारण धेरै याक्सिडेन्टहरु हुने गरेको छ। सार्वजनिक यातायातहरुले ठाउँमा समयमै नपुर्याएका कारण पनि मोटरसाइकलहरुको संख्या काठमाडौंमा बढ्न गएको हो। रिङ रोडमा मात्रै हिसाव गर्दाखेरी अहिलेको जस्तो बसको साइज २ सय जति भए पुग्नेमा २ हजार भन्दा पनि बढी बसहरु गुडेका हुन्छन्। हामीले एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि होइन कि जाममा बस्नका लागि पैसा तिरिरहेका हुन्छौँ।’ 

मेयर शाहले काठमाडौं उपत्यका भित्र हुने सवारी दूर्घटनामा परी घाइते भएकाहको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको बताए।

शाहले भने, ‘एक्सिडेन्ट हुने बित्तिकै उपचारका लागि पनि आवश्यक व्यवस्था भइरहेको छ। ती सबै काममा हामीहरु लागि पर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .