ad ad

खेल


विश्वकप फाइनल : पाकिस्तानले इंग्ल्यान्डलाई दियो १३८ रनको लक्ष्य

विश्वकप फाइनल : पाकिस्तानले  इंग्ल्यान्डलाई दियो १३८ रनको लक्ष्य

नेपालखबर
कात्तिक २७, २०७९ आइतबार १५:३३, काठमाडौँ

आईसीसी टी–२० विश्वकप क्रिकेटमा पाकिस्तानले इङल्याण्डसामु १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

मेलवर्नमा इङल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रनको योगफल तयार पारेको हो। 

पाकिस्तानका लागि सान मसुद्दले सर्वाधिक ३८ रनको योगदान दिए। ओपनर तथा कप्तान बाबर अजाम ३२ र मोहम्मद रिजवान १५ रनमा पवेलियन फर्के। रिजवानले १४ बलमा १ छक्का प्रहार गर्दा साम कुरानको बलमा बोल्ड आउट भए।

कप्तान अजामले २८ बलमा २ चौका हान्दा आदिल रसिदको बलमा क्याच आउट हुन पुगे। सद्दाव खानले २० रन थपे। 

मोहम्मद हरिस ८ बलमा रसिद कै बलमा बेन स्टोककको हातबाट क्याच भए। 

इफ्तिखार अहमेद शून्य रनमा आउट भए। सहिन शा अप्रिदी ५ र हरिस रउफ १ रनमा नटआउट रहे। 

तल्लोक्रमका ब्याटर इङल्याडका बलरसामु निहिर देखिए। पाकिस्तानले १७,१८ र १९ औ ओभरमा लगातार विकेट गुमाएको थियो। 

इङल्याण्डका साम कुरानले ३ विकेट झारे। आदिल रसिद र क्रिस जोर्डनले समान दुई विकेट झारे। वेन स्टोकको नाममा एक विकेट रह्यो। 

इङल्याण्डले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ। 

इङल्याण्डले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै पाकिस्तानसँगको भेट पक्का गरेको हो। पाकिस्तान भने न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै उपाधि नजिक पुगेको थियो। 

आइतबारको खेलमा जित हात पार्ने टोलीले दोस्रोपटक टी–२० विश्वकप क्रिकेटको उपाधि जित्नेछ। 

यसअघि पाकिस्तानले सन् २००९ र इंग्ल्याण्डले सन् २०१० मा टी२० विश्वकपको उपाधि उचालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .