राजनीति


ज्योति मगरलाई केपी ओलीका छोराछोरी छैनन् भन्ने थाहा नभएपछि...

ज्योति मगरलाई केपी ओलीका छोराछोरी छैनन् भन्ने थाहा नभएपछि...

ज्योति मगर


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार ८:५५, काठमाडौँ

गायिका ज्योति मगर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्दै हिँडेकी छन्। उनले गठबन्धनको विरोधसमेत गर्न भ्याएकी छन्।

गठबन्धनबारे ज्योतिले भनेकी छन्, ‘गठबन्धन कुर्सी र पावरका लागि खेलिएको खेल हो।’

उनले अहिलेसम्म आफूले कुनै पार्टीका लागि भोट नमागेको भन्दै केपी ओली साँच्चिकै विकासप्रेमी नेता भएकाले भोट मागेको बताएकी छन्।

उनले ओलीलाई भोट माग्दै हिँडेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ।

भिडिओमा केपी ओलीका पक्षमा किन भन्ने प्रश्नमा मगरले भनेकी छन्, ‘हामी सोझो मान्छे कल्ले कुर्सीका लागि मात्रै लडिरहेको छ र कसले साँच्चिकै विकास चाहिरहेको छ भन्ने कुरा कहीँ न कहीँ थाहा हुन्छ। राजनीति नबुझे पनि बाहिरै बसेर यत्ति कुरा बुझ्न सकिन्छ। व्यक्तिगत रुपमा कुन नेताले के गरेको छ भनेर देख्न र बुझ्न सकिन्छ।’

केपी ओलीले जति देशका लागि अरु नेताले नगरेको ज्योतिले दाबी नै गरिदिएका छन्। उनले भनेकी छन्, ‘केपी ओलीज्यूले जति गर्नुभएको छ, उहाँको तुलनामा अरु नेताहरुले गर्नुभएको छैन। यो कुरा सोझो आँखाले पनि देखिन्छ जस्तो लाग्छ।’

उनले कमेडी शैलीमा भनेकी छन्, ‘तपाईंहरु पनि देख्न सक्नुहुन्छ - उहाँमा नातावाद, कृपावाद छैन। मलाई अहिलेसम्म ओलीको छोराछोरी पदमा बसेको थाहा छैन।’

केपी ओलीको फ्यान भएर भोट माग्न निस्किएकी ज्योतिलाई उनका छोराछोरी छैनन् भन्ने कुराको भने हेक्का रहेनछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad