पूर्वमन्त्री एवम् मकवानपुर २ बाट गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई दुई थप्पड हान्ने पुरुषोत्तम खड्का छुटेका छन्।
खतिवडाले आफूलाई दुर्व्यवहार गर्ने खड्कालाई छाडिदिन आग्रह गरेपछि मकवानपुर प्रहरीले आज छाडिदिएको उनको सचिवालयले जनाएको छ।
पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता खतिवडालाई हिजो मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा गएका बेला खड्काले थप्पड हानेका थिए।
आफूलाई दुर्व्यवहार गरेपछि प्रहरीको नियन्त्रणमा रहेका खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन उम्मेदवार खतिवडाले आजै मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमलाई आग्रह गरेका थिए।
खतिवडाको आग्रह बमोजिम आफन्तको जिम्मा लगाई खड्कालाई छाडिएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।
78
Shares
प्रतिक्रिया