ad ad

राजनीति


राष्ट्रपति भण्डारी आइसल्यान्डमा, महिला राजनीतिज्ञको सञ्जाललाई आज सम्बोधन गर्ने

राष्ट्रपति भण्डारी आइसल्यान्डमा, महिला राजनीतिज्ञको सञ्जाललाई आज सम्बोधन गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १०:४१, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्यान्ड पुगेकी छन्। 

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्ल्यूपीएल)’ मा सहभागी हुन राष्ट्रपति भण्डारी मंगलबार राति आइसल्यान्ड पुगेकी हुन्। 

राष्ट्रपति भण्डारीलाई आइसल्यान्डको विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल एस्ट्रिड ब्रेक्किन र डेनमार्कस्थित नेपाली दूतावासका उपनियोग प्रमुख तीर्थराज अर्यालले स्वागत गरे। कतार, जर्मनी हुँदै राष्ट्रपति आइसल्यान्ड पुगेकी हुन्। 

भण्डारीले आज उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनले आज ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपतिको भ्रमण दलमा उनकी छोरी उषाकिरण भण्डारी, मन्त्रालयका सचिव भरतराज पौड्याललगायत छन्। डब्ल्यूपीएल, आइसल्यान्ड सरकार र त्यहाँको संसदले संयुक्त रुपमा उक्त कार्यक्रम आयोजना गरेका हुन्। 

भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .